चितवन विशेष
शारदानगरमा जेसीजद्वारा विद्यार्थीलाई प्याड सहयोग

चितवन, भदौं १०-
शरदानगर जेसीजले विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरेको छ ।
शारदाननगर जेसीजले सुरु गरेको जेसीज सप्ताहको कार्यक्रमअन्र्तगत शारदा माविका छात्राको लागि मंगलबार प्याड हस्तान्तरण गरेको हो । त्यस्तै, जेसीजले सप्ताहअन्र्तगत मंगलबार नै भरतपुर महानगरपालिका–२० स्थित सिमलटाँडी विद्यालयमा स्टेसनरी वितरण गरेको शारदानगर जेसीजकाअध्यक्ष सन्तोष घिमिरेले बताए । ५४ विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।
शारदानगर जेसीजले यो सातालाई जेसीज सप्ताहको रुपमा मनाउन सुरु गरेको छ । साप्ताहिक कार्यक्रमहरुको सार्वजनिकसँगै जेसीज सप्ताह थालेको हो । सोमबार शहिद स्मारक कलेज शारदानगरमा वृक्षरोपण र सरसफाई गरेर सुरु गरिएको हो । कार्यक्रमअन्र्तगत भोलि बुधबार सर्वोदय बोर्डिङमा खुला चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । त्यस्तै जिल्लामा भएको रगत अभाव परिपूर्तिका लागि बिहीबार शारदानगर रेडक्रसको भवनमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार नेतृत्व विकास र शनिबार अन्तर विद्यालय व्यक्तित्वकला प्रतियोगिता गरेर जेसीज सप्ताहको समापन हुने अध्यक्ष घिमिरेले बताए ।
























