चितवन विशेष
चितवन अदालतमा थुनछेक बहस सकियो, आजै आदेश हुने
०

चितवन,भदौं २९-
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आज थुनछेक बहस सकिएको छ । पुडासैनी आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध दायर गरिएको मुद्दामा थुनछेक बहस सकिएको हो । जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना वकिलहरुले बहस गरेका छन् ।
जिल्ला अदालत, चितवनका न्यायाधीश हेमन्त रावलको इजालासमा बहस सकिएको अदालतका रजिष्टार रुद्रमणि गिरीले बताए । उनले भने, ‘दुवै पक्षबाट बहस सकिएको छ । आदेश आउन एक घन्टा जति लाग्ला ।’ अधिवक्ता कृष्ण पोखरेलले बहस सकिएको र आदेश आज साँझ ६ बजेसम्म आउने जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























