चितवन विशेष
भरतपुरबाट बेपत्ता दुई किशोर आठ दिनपछि लमजुङमा भेटिए

चितवन, भदौं ९-
प्रेम बस्ती माध्यमिक विद्यालय पढ्न शरदपुर घरबाट हिडेको बेला बाटैबाट बेपत्ता भएका दुई किशोर ८ दिनपछि लमजुङमा फेला परेका छन् ।
बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुर निवासी वर्ष १४ का अन्जन खनाल र आयुस कँडेल रहेका थिए । उनीहरु लमजुङ घुम्नका लागि गएको अवस्थामा फेला परेको पारिवारिक स्रोतले नारायणी अनलाइनलाई जानकारी दिएको छ । बेपत्ता भएका आयुस कँडेलका बुबा गौरेस्वर कँडेलले लमजुङकै स्थानीयले उतैबाट फोन गरेर उनीहरु त्यहाँ भएको जानकारी दिएको बताए । लमजुङबाट सूचना पाएपछि परिवार उनीहरुलाई लिन लमजुङ पुगेका थिए ।
अभिभावकले किशोरहरु सकुसल रहेको र आज चितवन ल्याइएको जानकारी दिए । यसअघि उनीहरुको परिवारले खोजिदिनका लागि आग्रह गरेपछि नारायणी अनलाइनले उनीहरुको खोजीकार्यको लागि समाचार प्रसारण गरेको थियो ।
भरतपुर शरदपुरका दुई किशोर दुई दिनदेखि बेपत्ता, खोजीदिन परिवारको अनुरोध
























