चितवन विशेष
रवि लामिछानेका समर्थकद्वारा चितवनमा दुई ट्रकमा तोडफोड
०

चितवन, भदौ ९-
भरतपुरमा आज पनि जारी रवि लामिछाने समर्थकहरुको प्रदर्शनमा प्रर्दशनकारीले दुई ट्रकमा तोडफोड गरेका छन् ।
काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ । त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो । दुवै ट्रकमा आशिंक मात्रै क्षति पुगेको बताइएको छ । दुवै ट्रकलाई भरतपुरको बसपार्क र हाकिचोकमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यलय चितवनले निषेधित क्षेत्र घोषणा गरे पनि भरतपुरका विभिन्न चोकचोकमा नारा, जुलुस, ¥याली र प्रदर्शन भइरहेको छ । यस्तै आज नेकपा विप्लव समूहको चितवन बन्द पनि रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























