भरतपुर

भरतपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडपः १० जना पक्राउ,चार प्रहरी घाइते

Banner

चितवन,भदौं ८ –

आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेको रिहाइको माग गर्दै चितवन जिल्ला प्रहरी कार्यालय परिसरमा हुलदंगा मच्चाउनेमाथि अश्रुग्यास प्रहार गरिएको छ । प्रदर्शनकारीले कार्यालयमा ढुंगामुढा गर्न थालेपछि आइतबार साँझ प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । ढुंगा प्रहारबाट डिएसपी सहित चार प्रहरी घाइते भएका छन् भने १० प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>