चितवन विशेष

योगी नरहरिनाथ आश्रममा दर खुवाइयो

Banner

चितवन, भदौं ८-

योगी नरहरिनाथ आश्रममा आज दर खुवाइएको छ ।

श्री वागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमले तिजको अवसर पारेर दर खुवाउने कार्यक्रम गरेको हो । परिषद्द्वारा सञ्चालित योगी नरहरिनाथ संस्कृत गुरुकुलमका समावेशी बटुकहरु, गौसंरक्षण केन्द्रका गौसेवकहरु, नाथगुरु योग तथा प्राकृतिक चिकित्सालयका सेवक कर्मचारीलाई दर खुवाइएको थियो । बटुक, गौंसेवक र सन्तमहन्तलाई चाडवाडमा घरमा छौ भन्ने महसुस गराउन दरखाने व्यवस्था गरिएको परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले बताए । उनले आउँदै गरेको चाडपर्वको शुभकामना दिँदै दरखुवाउने कार्यक्रममा सहयोग गर्ने दातालाई आभार प्रकट गरे, कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष रामप्रसाद वस्ती, कोषाध्यक्ष कमलबहादुर मल्ल, केन्द्रीय सदस्य सिर्जना अर्याल संस्कृत गुरुकुलमका प्राचार्य यदुनाथ पोखरेल, धार्मिक अभियन्ता भवानी कँडेल , धनप्रसाद सुवेदीलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>