चितवन विशेष
भरतपुरको अस्पताल क्षेत्रमा आन्दोलनकारीको ढुंगामुढा,प्रहरीको अश्रुग्याँस
०

चितवन, भदौं ८-
भरतपुरको संवेदनशील क्षेत्र मानिएको अस्पताल रोड र चौविसकोठी क्षेत्र आज दिनभर तनावग्रस्त भएको छ । आत्महत्या दुरुत्साहानमा पक्राउ परेका रवि लामिछानेको रिहाइको माग गर्दै प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीवीच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन् भने प्रहरीले प्रदर्शनकारीलाई लक्षित गरेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
अस्पताल क्षेत्र तनाबग्रस्त हुँदा उपचारका लागि आएका विरामीहरुले सास्ती पाएका छन् । चितवनको प्रदर्शनलाई हेर्दा आन्दोलनकारी र प्रहरी दुवैमा अस्पताल क्षेत्रको संवेदनशिलतालाई ख्याल नगरेको देखिन्छ । अश्रुग्याँसको गन्ध भरतपुर अस्पताल, ओम अस्पताल, सेन्ट्रल अस्पताल, सप्तगण्डकी अस्पताल र मौलाकालिका लगाएतका अस्पतालसम्म पुगेको थियो भने आन्दोलनकारीले हानेको ढुंगा अस्पताल क्षेत्रमा असरल्ल थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























