चितवन विशेष
अस्मिता कार्कीको बयान सकियो, रवि लामिछाने र युवराज कँडेलको बयान भोलि
०

चितवन, भदौं ८–
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेकी रुकु भनिने अस्मिता कार्कीको आज चितवन जिल्ला अदालतमा बयान लिइएको छ ।
सरकारी वकीलको कार्यालयले आज आत्महत्या दुरुत्साहन अभियोगमा मुद्धा दर्ता गरेपछि अभियुक्तहरुको बयान लिन सुरु भएको हो । सो क्रममा आज पहिलो बयान अस्मिता कार्कीको लिइएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले आज समय अभावका कारण बाँकी दुई जना रवि लामिछाने र युवराज कँडेलको भोलि विहान १० बजेबाट बयान लिइने जानकारी दिए । दुई जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























