चितवन विशेष
पुडासैनी आत्महत्या प्रकरणः अस्मिता कार्कीको बयान चल्दै, थुनछेक बहस भोलि हुने
०
चितवन, भदौं ८–
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्रा परेका तीन जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्धा दर्ता भएपछि बयान सुरु भएको छ । अदालतमा अहिले अस्मिता कार्कीबाट बयान सुरु भएको चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए । न्यायधिश हेमन्त रावलको इजलासमा एक/एक जनाको पालैपालो बयान सुरु भएको हो ।
अस्मिताको बयान सकिएपछि रवि लामिछोने वा युवराज कँडेलको बयान सुरु हुनेछ । तीनै जनाको बयान सकिएपछि मात्रै थुनछेक बहस हुनेछ । थुनछेक बहस भोलि मात्रै हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>