चितवन विशेष

रविसहित तीन जनाविरुद्ध चितवन अदालतमा अभियोगपत्र दायर, आजै हिरासतमुक्त हुने संभावना कम

०
Banner

चितवन, भदौं ८–

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका संचारकर्मी रवि लामिछाने सहित तीनजना विरुद्ध आज चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।

चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले अनुसन्धान पुरा गरेपछि संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । जिल्ला न्यायधिवक्ता यदु शर्माले प्रहरीको अनुसन्धानबाट प्राप्त सम्पूर्ण विवरण अध्ययन पश्चात चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको नारायणी अनलाईनलाई जानकारी दिए ।

उनले जिल्ला अदालतमा न्यायधिशबीच गोलाप्रथा पछि बयान सुरु हुने बताए । उनले आजै सबै प्रक्रिया टुंङग्याउन संम्भव नरहेको बताए । उनले भने–‘प्रक्रिया लामो नै छ, बयान पछि थुनछेक बहस हुन्छ, आज मुद्धा टुङिग्ने संभावना कम छ ।’ यदि आज मुद्धाको फैसला हुन नसके तीन जना नै पुनः प्रहरीको हिरासतमा रहने छन् । आत्महत्या दुरुत्साहन मुद्धामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ ।

यसअघि आज विहान चितवन प्रहरीले पत्रकार सम्मेलन गरी हिरासतमा रहेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहन मुद्धामा अनुसन्धान पुरा गरेको जनाएको थियो । अनुसन्धानको नेतृत्व गरेका सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरिएकोले सोही अनुसार अभियोग दर्ताका लागि सरकारी वकिल कार्यालयलाई फाइल पठाइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>