चितवन विशेष

रवि लामिछानेसहित तीनै जनाविरुद्ध अभियोग पत्र दायर हुँदै,आत्महत्या दुरुत्साहन बमोजिम सजाय माग

Banner

चितवन, भदौं ८–

चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछासहित तीन जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर गर्दैछ ।

केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको टोलीले अनुसन्धान पुरा गरेपछि आज चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत अभियोगपत्र दायर गर्न लागेको हो । आज पत्रकार सम्मेलन गर्दै सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा पेश गर्न लागिएको जानकारी दिए । उनले अनुसन्धानका सबै विवरण सरकारी वकिल कार्यालयमा पठाइ सकिएको र आजै अभियोग पत्र दायर गर्न लागिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>