चितवन विशेष

भरतपुरको स्वर्णीम मन्टेश्वरीमा बालसिकाइ कार्यक्रम

Banner

चितवन, भदौं ५-

कृणाअष्टमीको पूर्वसन्ध्यामा भरतपुर महागरपालिका–१० को स्वर्णीम पाठशालाका बालबालिकाहरुले आज सांस्कृतिक प्रस्तुति दिएका छन् ।
कृष्ण, राधा र गोपिनीको भेषभुषा र भावभंगीमा मञ्चमा प्रस्तुत भएका सानासाना नानीबाबुले अभिनय र प्रस्तुतिमार्फत् अनुशासन, संस्कार, व्यवहारिक कुराहरु तथा साना कक्षाको पाठ्यपुस्तकमा भएका पाठहरुको कलात्मक प्रस्तुति दिएका थिए । प्रस्तुति हेर्दा वर्तमान शिक्षण सिकाइ भन्दा यसरी नानीबाबुहरु आफैले अभिनय, अभ्यास र व्यवहारिक प्रयोग गरेर सिक्दा सिकाइको गुणस्तर र सिकाइप्रति रुचि बढ्ने देखिएको थियो । साना राधाकृष्णले विभिन्न सिकाइ र पाठ्यपुस्तकका पाठलाई पनि अभिनय मार्फत् प्रस्तुत गर्दा देखिएको दृष्य नौलो र मनोरञ्जनात्मक थियो ।

यसै वर्षको श्रीकृष्ण जन्माष्टमीदेखि साना नानीबाबुलाई अक्षर चित्र लेख्न, पढ्न, सिकाइलाई रुचिपूर्ण र मनोरञ्जनात्मक बनाउन प्रत्येक पाठलाई विभिन्न खेल, भिडियो कथा, अभिनय, नाटकलगायतमा बदलेर प्रयोगात्मक कक्षा सञ्चालन गरिने पाठशालाका संयोजक सुभद्रा आचार्यले जानकारी दिइन् । ‘यो विधि सरल र उत्कृष्ट छ’, उनले भनिन् । साच्चै उक्त बिधिबाट शिक्षण सिकाइ गर्दा बालबालिकाहरुले समग्र पक्षको ज्ञान प्राप्त गर्ने उनले बताइन् । यो प्रणाली कार्यमूलक छ र यसले स्मरण शक्ति मजबुत बनाएर सिकाइप्रति आकर्षण बढाउने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>