चितवन विशेष

वे ग्रुपले चितवनमा सरसफाइबारे तीज गीत प्रतियोगिता गर्ने

Banner

चितवन, भदौं ५-

वातावरण सरसफाइमा सक्रिय समूह वे ग्रुप नेपालले महिलाहरूको महान पर्व हरितालिका तीज विशेष कार्यक्रम गर्ने भएको छ ।

नजिकिँदै गरेको तीजको मौका पारी यही शनिबार तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो । मौलिक संस्कृति जगेर्ना गर्नुका साथै वातावरण संरक्षणको लागि प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुनको लागि स्वास्थ्य, वातावरण र सरसफाइसम्बन्धी विषयवस्तु झल्किनुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुन ४३ वटा समूहले दर्ता गरेकामा २३ वटा समूह छनौटमा परेको कार्यक्रम संयोजक गौतमले बताए । भरतपुर महानगरपालिकाको वडा नं. ४ को कार्यालय आडैमा रहेको छहारी बसपार्कमा हुने कार्यक्रममा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहले क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रूपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । कार्यक्रमको लागि खर्च व्यवस्थापन भने विभिन्न व्यक्तिको सहयोगमा भइरहेको वेग्रुप नेपालका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>