चितवन विशेष
भदौं १३ गतेबाट नेपाली चलचित्र ‘मारुनी’ प्रदर्शनमा आउने
०

चितवन, भदौं ५-
चितवनकी चेली पुनम क्षेत्री गौतमले निर्माण गरेको नेपाली चलचित्र ‘मारुनी’ भदौं १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
फिल्म युनिटले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा निर्मात्री क्षेत्रीले नेपालमा प्रदर्शनमा आएका अन्य नेपाली चलचित्र भन्दा फरक धारमा निर्माण गरिएको जानकारी दिइन् । उनले तीन जना साथीहरुको यात्रालाई चलचित्रमा निकै रोचक ढंगबाट प्रस्तुत गरेर नेपाली परिवेशअनुसार निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइन् ।
चलचित्रमा नायिक सामाग्री राज्यलक्ष्मी राणा, नायक पुष्पल खड्का, अभिनेत्री रेविका गुरुङलयायतको अभिनय रहेको छ । नवल खड्काले निर्देशन गरेको चलचित्रका गीतमा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>