चितवन विशेष

भरतपुरको प्रर्दशनमा मेयरको नाम जोडेर कपोकल्पित,मनगढन्ते र अनर्गल प्रचार भयोः भरतपुर महानगर

Banner

चितवन, भदौं ५-

भरतपुर महानगरपालिकाले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा घटनासँग सम्बन्ध नै नभएका उच्च पदस्थ व्यक्तिको नाम जोडिनु दुःखद् भएको जनाएको छ ।

विज्ञप्तिमा घटनाको छानबिनका लागि प्रक्राउ परेका व्यक्तिहरुको समर्थनमा भन्दै सडक तथा सामाजिक सञ्जालको दुरुपयोग गरी मेयर दाहालको नाम जोडेर भ्रामक, कपोकल्पित सन्देश प्रसारण गर्नु गलत भएको ठहर गरेको छ । त्यस्तै घटनासँग सम्बन्धनै नभएका व्यक्ति तथा संस्थाको नाम जोडेर घटनालाई विषयान्तर नगर्न पनि महानगरपालिकाले सबैसँग अनुरोध गरेको छ ।

महानगरपालिकाले पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा सम्बन्धित निकायले अनुसन्धान गरिरहेको विषयलाई लिएर उत्पन्न असहज परिस्थिति परिस्थितिप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरेको छ । अस्वभाविक मृत्युका कारणबारे छानबिन गर्नु राज्य र सरकारको दायित्व भएकोले घटनाको सत्यतथ्य र निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपणको लागि महानगरपालिकाले सम्बन्धित पक्षलाई आग्रह पनि गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>