चितवन विशेष
भरतपुरमा पक्राउ परेका प्रदर्शनकारीलाई धमाधम मुद्धा दर्ता गर्दै प्रहरी
०

चितवन,भदौं ३ –
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछानेलगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै प्रदर्शनकारीले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । चौविसकोठीमा सडक अवरुद्ध गर्न खोज्ने क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसअघि प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो । जसमध्य चार जना मंगलबार धरौटीमा रिहा भएका छन् । १ गते प्रहरीले पक्राउ गरेका चार जनाले जिल्ला प्रशासन कार्यालय चितवनमा पाँच सय रुपैंया धरौटी बुझाएर रिहा भएका हुन् । साउन ३२ गते ४ जना र २ गते पक्राउ परेका १० जनाको मुद्धा दर्ता गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























