चितवन विशेष

चितवनमा सर्वदलीय बैठक: प्रदर्शन र तोडफोडलाई निरुत्साहित गरिने

Banner

चितवन, भदौं १-

चितवनको जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनमा निम्तिएको तनाव नियन्त्रण गरी शान्ति कायम गरी प्रशासनलाई सहयोग गर्ने निर्णय गरेको छ ।

दलहरुले पक्षविपक्ष नभनी शान्ति कायम गर्न प्रशासनलाई सहयोग पु¥याउने पनि निर्णय गरेको हो । बैठकमा सहभागी नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शान्तिपूर्ण आन्दोलन गर्न पाउने भए पनि उछृङ्खल गतिविधि गर्न कसैलाई छुट नभएको बताए । उनले जिल्लालाई शान्तिपूर्ण बनाउन आफ्नो दल कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा बसेको बैठकले दैनिक जीवनमा असर पुग्ने गरी न्याय सम्पादनमा असर पुग्न नदिने गरी हुने तोडफोडलगायतका कार्यलाई निरुत्साहित गर्न सहयोग पु¥याउने निर्णय गरेको छ । बैठकमा प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेकपा अध्यक्ष यमबहादुर परियार, नेपाली कांग्रेसका सचिव उत्तम जोशी, नेकपा प्रतिनिधि तेजेन्द्र खड्कालगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>