चितवन विशेष

चितवनमा ‘कुलत’ नाटक मञ्चन गरिने

Banner

चितवन भदौ १ –

चितवनमा लागूऔषध दुव्र्यसन सम्बन्धी कुलत नाटक मञ्चन गरिने भएको छ । एस एन्ड एम इभेन्टस् काठमाडौँले कुलत नाटक मन्चन गर्न लागेको हो ।

नाटक यहि भदौ ३,४ र ५ गते नारायणी कला मन्दिर नारायणगढमा मञ्चन गर्न लागिएको एस एन्ड एम इभेन्ट्सका प्रबन्धक निर्देशक सञ्जय रेग्मीले जानकारी दिए । उनले नाफा कमाउने भन्दा जनचेतना जगाउने उध्ेश्यले नाटक मञ्चन गर्न लागिएको बताए । नाटकमा युवाहरु कसरी कुलतमा फस्छन भन्ने कुरा देखाइने कलाकार विज्ञान पौडेलले बताए ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कलाकार पौडेलले आफु पहिलो पटक नाटक मन्चन गर्न लागेको भन्दै दर्शकबाट धैरै माया पाउने विस्वास व्याक्त  गरे । नाटकमा काठमाडौँका तिन र चितवनका चार गरि सात जना कलाकारको भूमिका रहेको छ । नाटक दैनिक तिन पटक मञ्चन गरिने छ ।करिब एक घण्टाको नाटक विहान ११ बजे,दिउसो १ र ३ बजे मञ्चन गरिने कलाकार पौडेलले जानकारी दिए ।नाटक हेर्नको लागि एक सय रुपैया व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>