चितवन विशेष
भदौं ६ देखी देशभर ‘जाइरा’ प्रदर्शन हुँदै

चितवन, साउन ३२–
नेपाली चलचित्र ‘जाइरा’ यही भदौं ६ गतेदेखी देशभर प्रदर्शन हुँदैछ ।
चलचित्रको प्रचार टोलीले शनिबार नारायणगढमा पत्रकार सम्मेलन गरी देशभर एकैसाथ ‘जाइरा’ प्रदर्शन हुन लागेको जानकारी दिएको हो । प्रदर्शनको मिति नजिकिदै गर्दा प्रचार युनिट यतिबेला देश दौडाहामा रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नायिका नम्रता श्रेष्ठले ‘जाइरा’ व्यवसायिक र एक्सनप्रदायक बनेको बताइन । उनले फिल्म खेल्नकै लागि आफू कपाल छोटो बनाएको बताइन् । नायिका श्रेष्ठले एउटा मार्सल आर्टिस्टको बदलाको कथामा रहेर फिल्म बनेको बताइन् ।
यस्तै नायक प्रमोद अग्रहरीले आफू भिलेनको रुपमा राजाको भूमिकाको प्रस्तुत भएको बताए । भिलेनको मनोविज्ञान डरलाग्दो रुपमा प्रस्तुत भएको बताए ।
यस्तै फिल्ममा कोचको भूमिकामा देखिएका सम्राट मगरले कथालाई भिन्न पाराले देखाउन खोजिएको हो । आशुतोष राज श्रेष्ठ निर्देशित फिल्म ‘जाइरा’ मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्सलआर्ट खेलाडीको भूमिकामा देखिँदै छिन्। फिल्ममा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठसहित नवकलाकारहरु श्रृजना रेग्मी, सुजाता श्रेष्ठ र सम्राट मगरलगायतको अभिनय रहेको छ ।
एक्सन प्रधान ‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्ड सेटर्स प्रालिको प्रस्तुतिमा बनेको बताइएको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।