भरतपुर
प्रहरी र रवि लामिछानेका समर्थकविच झडप,केही राउण्ड अश्रुग्याँस प्रहार

चितवन,साउन ३१-
जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशनमा उत्रिएका रवि लामिछानेका समर्थक र प्रहरीविच झडप भएको छ । झडपमा परी पाँच प्रहरी घाइते भएका छन् । प्रर्दशनकारी तर्फको विवरण प्राप्त भएको छैन् ।
प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । रवि लामिछानेका समर्थकले टेण्ट टाँगेर जिप्रका अगाडिनै बस्ने प्रयास गरेका थिए । साँझसम्म दर्जनौको सङख्यामा प्रर्दशनकारीले जिप्रका अगाडिको परिसर छाडेका थिएनन् । समर्थकले दिनभर प्रर्दशन गरेका छन् ।
यसअघि चितवन जिल्ला अदालतले न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न म्याद थप गरेको छ । न्यायाधीश विनोदकुमार गौतमको इजलासले पक्राउ गरेको दिनदेखि पाँच दिन म्याद थप गरेको हो ।