चितवन विशेष
बेलायतमा पढ्न चाहनेका लागि चितवनमा एड्मिसन सप्ताह सुरु

चितवन, साउन २८ –
वैदेशिक उच्च शिक्षामा बेलायतमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी चितवनमा युके एडमिसन सप्ताह सुरु भएको छ ।
वैदेशिक उच्च शिक्षाका लागि जिल्लामा फरक पहिचान बनाएको काठमाडौँ इन्फोसिस एजुकेसन (केआईईसी) चितवनले युके एडमिसन सप्ताह सुरु गरेको हो ।
यही साउन २६ गतेदेखि सुरु भएको एडमिसन सप्ताहमा उल्लेख्य मात्रा विद्यार्थीको सहभागिता भएको (केआईईसी) चितवनका प्रमुख अपिन अधिकारीले जानकारी दिए । विद्यार्थीको चाहना र मागलाई मध्यनजर गर्दै चितवनमा नै पहिलो पटक युके एडमिसन सप्ताह जारी रहेको उनले प्रष्ट पारे । सप्ताह साउन ३१ गते सकिने छ ।
विशेषगरी बेलायत (युके) मा इन्जिनियरिङ, आईटी, होटल म्यानेजमेन्ट (एचएम), नर्सिङ, हेल्थ साइन्स, व्यवस्थापन संकायलगायतका अन्य विषयमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई एडमिसन सप्ताह सुरु गरेको उनले प्रष्ट पारे । सप्ताहमा विद्यार्थीले स्नातक डिग्री, फाउन्डेशन डिग्री, मास्टर डिग्री र पिएचडी गर्न बेलायतमा जान सक्ने विषयमा जानकारी लिन सक्नेछ । यूकेका विश्वविद्यालयहरु अनुसन्धान, नविनता र रचानात्मकताको लागि प्रतिष्ठित छन् । यस्ता विश्वविद्यालयले विद्यार्थीको आचोचनात्मक सोच, निर्णय, लिने क्षमता र रचनात्मकताको विकास समेत गर्ने शाखा प्रमुख अधिकारीले बताए ।
लागत खर्च
विट्रिश कोर्ष शुल्क र बस्ने लागत, अध्ययनका लागि जाने अन्य शीर्ष देशहरुको तुलनामा निकै कम लाग्नेछ । बेलायतको उच्च शिक्षा अन्यदेशहरुको तुलनामा छोटो हुन्छ । यसले विद्यार्थीलाई वार्षिक शुल्कमा पैसा बचत गर्दछ । यसको मतलब विद्यार्थीले आफ्नो करियर छिटो सुरु गर्न सक्दछन् । उदाहरणका लागि पूर्ण समय स्नातक डिग्री सामान्यतया तीन वर्षमा पूरा हुन्छ । यस्तै गरि पूर्ण समय मास्टर डिग्री एक वर्षको मात्र हुन्छ ।
भिसा आवेदन प्रक्रिया
बेलायतका लागि विद्यार्थीले जनरल टाइयर चार भिसा आवेदन गर्नुपर्दछ । यसका लागि विद्यार्थीले ४० अंक प्राप्त गर्न सकेमा उसको अध्ययन भिसा स्वीकृत हुनेछ ।
विद्यार्थीले आफ्नो योग्यता प्रमाणपत्रको आधारमा र आईएलटीएसको प्राप्त अंकको आधारमा शिक्षा प्रदायकबाट पाएमा ३० अंक प्राप्त गर्दछन् । उनीहरुले एक वर्षको पाठ्यक्रम शुल्क र ९ महिनाको बस्ने लागत कभर गर्नका लागि पर्याप्त बैक फन्ड भएमा १० अंक प्राप्त गर्दछन् । त्यसपछि अनलाइन मार्फत भिसा आवेदन गरिन्छ । गुणस्तरीय शिक्षा , विभिन्न विषयमा अध्ययन गर्न सकिने र छोटो समयमा नै फुल टाइम अध्ययन गरेर डिग्री हासिल गर्न सकिने भएकोले पनि बेलायत विद्यार्थीको रोजाइमा परेको छ ।
























