चितवन विशेष
चितवनमा मनाईयो विश्व आदिवासी दिवस

चितवन, साउन २४–
२५ औं विश्व आदिवासी दिवस चितवनमा भव्यताका साथ मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको आयोजनामा नारायणगढस्थित नारायणी कला मन्दिरमा दिवस मनाइएको हो ।
कार्यक्रमको औपचारिक समारोहअघि नारायणगढमा वृहत र्याली निकालिएको थियो । लायन्स चोकबाट सुरु भएको र्याली कार्यक्रम स्थलसम्म पुगेको थियो । २५ औं विश्व आदिवासी दिवसको नारा छ ‘आदिवासीका भाषाहरू’ रहेको थियो । कार्यक्रममा समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङ, थारु कल्याणकारिणी सभाकाकी विष्णुकुमारी महतो, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका निवर्तमान अध्यक्ष पदमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ भरतपुर नगरसमितिका अध्यक्ष अजय तामाङलगायतको उपस्थिति रहेको थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले कारागारमा रहेका सांसद रेशम चौधरीको बारेमा आवाज उठाएका थिए । कार्यक्रमको औपचारिक सत्र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका कार्यवाहक अध्यक्ष गोपीलाल घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ ।
























