राजनीति

युद्धको नेतृत्व गरे पनि मैले एकजनाको पनि हत्या गरेको छैन : प्रचण्ड

Banner

काठमाडौं साउन २४

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू साहित्यिक हृदयको भएको बताएका छन् । शमी मासिक साहित्यिक पत्रिका तथा झरीको सौन्दर्य निबन्ध संग्रह लोकार्पण गर्दै उनले आफू भावनात्मक व्यक्ति भएको बताएका हुन् ।

“मेरो यही प्रवृत्तिका कारण आजसम्म मैले कसैलाई एक लपेटो हानेको पनि छैन, खाएको पनि छैन,” उनले भने । परिस्थितिले विद्रोहको नेतृत्व गरे पनि र हिंसात्मक सङ्घर्षको अगुवाइ गरे पनि आफूले एकजनाको पनि हत्या नगरेको उनले बताए ।

“कसैलाई अचम्म लाग्छ, मेरै नेतृत्वमा तेत्रो विद्रोह भयो । तर, मैले एकजनाको पनि हत्या गरिनँ । हिंसात्मक विद्रोहको जिम्मेवारी मैले लिनुपर्छ, लिन्छु,” उनले भने ।

राजनीतिमा होमिनु अगाडि साहित्यिक कृतिसँग जोडिएको र त्यसले विद्रोहतिर होम्न मद्दत गरेको उनको निचोड थियो ।बाह्रखरी /फाइल तश्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>