राजनीति

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

Banner

स्याङजा साउन २४-

नेकपा नेत्रविक्रम चन्द सूमहका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ बस्ने ३० वर्षीय मोहन सिञ्जालीलाई बिहीबार वालिङबाट पक्राउ गरिएको र भिरकोट–९ कै ४६ वर्षीय शिव दर्लामीलाई बुधबार राति गल्याङ नगरपालिका–३ गल्याङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिए।

पक्राउ परेकामध्ये दर्लामी जिल्ला कमिटी सदस्य हुन् भने सिञ्जाली साधारण कार्यकर्ता भएकोे बाताइएको छ । पक्राउ परेका दुवैलाई विस्फोटक पदार्थ एवं राज्यविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>