चितवन विशेष

चितवनका ४ हजार दुई सय गर्भवती महिलालाई गरियो झुल विरतण

Banner

चितवन, साउन २३ –

स्वास्थ्य कार्यालय चितवनले गर्भमा रहेको बच्चा र आमालाई मलेरियाबाट सुरक्षीत राख्नका लागि झुल वितरण कार्यलाई निरन्तरता दिएको छ । सन् २०२५ सम्ममा मलेरिया उन्मुलन जिल्ला घोषणा गर्ने गरि नेपाल सरकारले झुल वितरण गरेको हो । गत आर्थिक बर्षमा स्वास्थ्य कार्यालयले ४ हजार २ सय ७५ वटा झुल विरतण गरेको स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिए ।

सरकारी स्वास्थ्य संस्थामा गर्भ परिक्षण भएर गर्भको निश्चित भएपछि स्वास्थ्य कार्यालयले झुल दिने गरेको छ । नागरिकता, महिला स्वास्थ्य स्वयमसेविकाको सिफारीस भएपछि गर्भवति महिलाले झुल प्राप्त गर्ने किट नियन्त्रक केसीले जानकारी दिए । तर, भाडामा बस्नेको अवस्थामा घरबेटीको सिफारीस पनि आवश्यक पर्दछ ।

कार्यालयले सन् २०१२ देखि झुल विरतण गरिरहेको छ । आर्थिक बर्ष २०७४÷०७५मा ४ हजार ५ सय ९१ वटा झुल विरतण गरेको थियो । चितवनबाट ३४ वटा स्वास्थ्य संस्था मार्फत झुल विरतण हुने गर्दछ । वितरण गर्ने संस्थामा ७ वटा नगर स्वास्थ्य केन्द्र, १ वटा सहरी स्वास्थ्य केन्द्र, २५ वटा स्वास्थ्य प्रवद्र्धन केन्द्र रहेका छन् । यी संस्थामा गर्भ परिक्षण गर्न आउँदा नै गर्भवती महिलाले झुल प्राप्त गर्ने केसीले जानकारी दिए ।

नेपाल सरकारले २०२५ सम्ममा मलेरिया उन्नमुलन नेपाल बनाउने लक्ष्य लिएको छ । जिल्लामा पछिल्ला बर्षमा मेलेरियाका बिरामी घट्दै गएका छन् । हाल चितवनमा १० जनालाई मलेरिया रोग देखा परेको छ । अघिल्लो आर्थिक बर्षमा १५ जनामा मलेरिया देखा परेको केसीले जानकारी दिए । रोजगारीका लागि विदेश गएका व्यक्तिमा मलेरिया रोग देखा परेको उनले बताए ।

एनोफिलिस जातको औलो परजीवीबाट संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग भएकाले यसबाट बच्न कीटनाशक युक्त झुलको प्रयोग, पुरा बाहुला भएको लुगा लगाउने र शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्नुपर्ने उनले बताए । “खाल्डोमा पानी जमेको छ भने तुरुन्तै खाल्डो पुरिदिएमा लामखुट्टे लार्भाहरु तुरुन्तै मर्दछन्,” उनले भने, “गाउँको पोखरी, दह तथा नालाहरुमा लामखुट्टेका लार्भा खाने माछा पाल्ने हो औलो रोगबाट बच्न सकिन्छ ।” घर गोठमा कीटनाशक औषधी छर्कन र छर्केको कम्तिमा ३ महिनासम्म लिपपोत गर्न नहुने उनले बताए ।

समयमा उपचार नपाएमा औलो रोगबाट मुत्यु समेत हुने गर्दछ । मस्तिष्क ज्वोरोमा बिरामीको मस्तिष्क कार्यप्रणालीमा असर भई टाउको दुख्ने, वान्ता र बेहोस हुने सस्मया आएमा औलो रोग लाग्न सक्ने केसीले बताए । “जाडोमा पसिना आउने, ज्वरो केही सयम बिराई वा नियमित आउनु र रक्तअल्पत्ता देखियो भने पनि औलो लाग्न सक्छ,” उनले भने, “लामो समय सम्म ग्रसित पारेमा फियो बढ्नु र उपचार नगरेमा फियोको आकार निकै बृद्धि हुन्छ ।”

ज्वरो आएमा रगत परीक्षणबाट औलो रोग लागेको प्रमाणित भएमा स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नुपर्ने उनले बताए । यस रोगको उपचार सरकारले निःशुल्क गरेको छ । स्वास्थ्य कार्यालयले औलो रोग देखा परेमा एसएमएस प्रकृयाबाट रिपोट गर्ने गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>