मनोरञ्जन
नित्याशिवाको स्वर भरिएको काँचुलीको ‘तिमी साथ छौं र’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, साउन २३–
गायिका नित्याशिवाले स्वर दिएको चलचित्र काँचुलीको नयाँ गीत ‘तिमी साथ छौं र पो म जल्न छोड्या छु’ बोलको गीत सार्वजनिक भएको छ ।
पाश्र्व गायनमा जम्दै गरेकी गायिका नित्याशिवाको यो अर्को नयाँ उत्कृष्ट गीत हो । यस गीतमा नित्याशिवासंगै राजेन्द्र बजगाइको स्वर भरेका छन् । शंकर अधिकारी घायलले लेखेको यस गीतमा राजेन्द्र बजगाइले नै संगीत भरेका छन् । भिडियोलाई स्वंम घायलले नै निर्देशन समेत गरेका छन् ।
सुनसरीको प्रकाशपुरबाट काठमाडौमा आएर पाश्र्वय गायनमा सक्रिय बन्दै गरेकी गायिका नित्याशिवाले धेरै गीतमा स्वर दिई सकेकी छिन् । विधवा चलचित्रबाट पाश्र्व गायन सुरु गरेकी नित्याशिवाको दुई गीति एल्बम ‘चाहना मनको’ र ‘मेरो दिलमा’ बजारमा आइसकेको छ । त्यस्तै चलचित्र रथ, बिधवा, कन्फ्युज, दिलदार, गोरे, आरोप, सम्हाली राख है, सत्यम शिवम सुन्दरम, लवजोन, मदहोसलगायतका चलचित्रमा आवाज दिएकी छन् ।
























