चितवन विशेष

पत्रकार पुडासैनीको आत्महत्याबारे रहस्य खुल्दै,चर्चित मिडियाकर्मीको नाम जोडियो

Banner

चितवन,साउन २२-

चितवन नारायणगढ स्थित बसपार्कमा रहेको एक होटलमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण बारेको भिडियो प्रहरीले फेला पारेको छ । पत्रकार पुडासैनीले भिडियो सन्देश छाडेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या दुरुत्साहनवाट भएको खुलेको हो । मृत्यु अघि उनले रेकड गरेको भिडियोमा चर्चित मिडियाकर्मी सहितका केही व्यक्तिका कारण आँफु आत्महत्या गर्न लागेको उल्लेख गरिएको छ ।

उनको मोवाईलमा रेकड गरिएका दुई भिडियो फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भिडियोका आधारमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दान वहादुर मल्लले जानकारी दिए । पुडासैनीको साथवाट डिप्रेसनको औषधि समेत फेला परेको उनले बताए ।

भिडियोमा संचार क्षेत्रका चर्चित व्यत्ति सहितको संलग्नतामा आफूलाई पछिल्लो समय निरन्तर टर्चर दिने गरिएको उल्लेख गरिएको छ । भिडियोमा अरुले करोडौं रुपैंया कमाउने तर आफूले दुःख मात्र गरेको जनाइएको छ । अष्ट्रेलिया डिपेन्डेन्ट भिषमा पठाइदिने भनेर एक जना केटीको पछि लगाएको र पछि त्यही केटीलाई बलात्कार गरेको भनेर फसाउने रणानिति बनाएको भिडियोमा उल्लेख गरिएको स्रोतले बताएको छ ।

नयाँ भिडियो सार्वजनिक भएपछि परिवारले सन्देशमा उल्लेख भएका व्यक्तिहरुमाथि किटानी जाहेरी दर्ता गर्ने तयारी गरेको छ । मृतक पुडासैनीले भिडियोमा आत्महत्या रोज्नुको बाध्यताबारे प्रष्ट जानकारी दिएको परिवार स्रोतको दावी छ ।

प्रहरी उपरिक्षक दान वहादुर मल्लले आफ्नै कार्यकक्षमा मृतक पत्रकारका परिवार आफन्तहरुलाई सो भिडियो देखाएका थिए । सो क्रममा मल्लले भिडियो अडियो कसैलाई रेकर्ड गर्न नदिएको नुवाकोट जिल्ला वेलकोटगढी नगरपालिका वडा नम्वर ३ का वडा सदस्य एवं मृतकका छिमेकी दिपक पुडासैनीले नारायणी अनलाइनलाई जानकारी दिए । भिडियोमा दुई जना संञ्चार कर्मी र एक महिलाका कारण आँफुले आत्महत्या गर्न लागेको जनाईएको पुुडासैनीले बताए । पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पतीको वारेमा जानकारी दिएर परिवार संग मिलेर वस्न आग्रह गरेको बताए ।

भिडियोको आधारमा प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । भिडियो पाउनु अघि हत्या गरिएको आशंका गरिएको भए पनि भिडियो हेरेपछि आत्महत्यका लागि दुरुत्साहन गरेको देखिए संगै आँफुहरुले शव वुझेर काठमाडौं आएको पुडासैनीले बताए । शव पोष्टमाटम सकिएकाले आजै अन्तेष्टिको तयारी गरेको उनले बताए । घटनाका विषयमा कानुनी परामर्श गरेर अघि वढ्ने तयारी परिवार र आफन्तको छ ।

प्रहरीले घटनको अनुसन्धान भईरहेको भन्दै विस्तृत विवरण खुलाएको छैन् । अनुसन्धान प्रभावित हुने भएकाले सवै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले जानकारी दिए । पुडासैनीको शव राती काठमाडौं लगिएको थियो । उनी सोमवार राती चितवनको नारायणगढस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । दुई महिना अघिसम्म न्यूज २४ मा कार्यरत पत्रकार पुडासैनी केहीदिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए । उनि रिपोटिङकै लागी चितवन आएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>