चितवन विशेष
शिक्षाका लागि राष्ट्रिय अभियानमा आचार्य
चितवन, साउन २१-
शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल (एनसीई) जिल्ला शाखा चितवनको तेस्रो अधिवेशनले रामचन्द्र आचार्यको नेतृत्वमा सात सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
एनसीई नेपालका केन्द्रीय सदस्य प्रकाश सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेपालका कार्यक्रम व्यवस्थापक राम गैरेले संस्थाको गतिविधि र भावी योजनाका बारेमा जानकारी दिएका थिए । दियालो परिवारका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नव नियुक्त सचिव कमलराज खनालले चितवन जिल्लामा रहेर सार्वजनिक शिक्षाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुलाई अभियानमा आबद्ध गराउन विशेष पहल गर्नुपर्ने बताए । जसका लागि यही साउन मसान्तभित्र नविकरणका लागि संस्थाहरुलाई आव्हान गर्नुपर्ने उनको भनाइ थियो । आगामी तीन वर्षको लागि शिक्षाका लागि राष्ट्रिय अभियान–नेपाल जिल्ला शाखा चितवन गठन गरेको हो ।