राजनीति

माधव नेपालले भनेः ‘वाइडबडीमा व्यापक भ्रष्टाचार भएको छ,गम्भीर छानबिन हुनुपर्छ’

Banner

काठमाडौँ,साउन २१-

पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले वाइडबडी प्रकरणमा व्यापक भ्रष्टाचार भएको र त्यसको सरकारले गहिराईमा पुगेर गम्भीर छानबिन गर्नु पर्ने माग गरेका छन्। नेता नेपालले वाइडबडी प्रकरण सामान्य नभएको बताएका छन्।

संचारकर्मीसंग कुरा गर्दे उनले छानबिन अघिनै प्रधानमन्त्री ओलीले समेत कसैलाई पनि निर्दोष सावित हुने गरी बोल्न नहुने बताएका छन्।

यता बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपछि आक्रोशित बनेका नेता नेपालले आफ्नो पालामा कुनै पनि निजी व्यक्तिलाई जग्गा दिने काम नगरेको दाबी पनि गरेका छन्। उनले भने,‘ प्रधानमन्त्रीले कुनै पनि श्रेस्ताको कागजमा नाम हेर्दैन। यो अनुचितको विरोध हो । यही मौकामा हिलो छ्याप्ने काम भएको छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>