चितवन विशेष
शहिदचोकमा ७१ जनाले गरे रक्तदान

चितवन, साउन २०-
धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चद्वारा सोमबार शहिदचोकमा वृहत् खुला रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा चार जना महिलासहित ७१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पूर्णबहादुर श्रेष्ठले जातीय विभेदका कारण दलित समुदायले छोएको पानी नचलेको कुरा समाचार मार्फत् सार्वजनिक भइरहेको बेला चितवनमा दलित समुदायको पानी मात्र नभइ रगत पनि चलिरहेको भन्दै कार्यक्रमको खुलेर प्रशंसा गरे ।
अहिले हामी सबै मिलेर विधमान अवस्थामा रहेको जातीय विभेदलाई अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्न तर्फ लाग्नुपर्ने भरतपुर महानगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष राममाया पियाले जोड दिइन् । कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी विश्वकर्माले भने यो मञ्चले चलाएको समाजिक कदम प्रति खुलेर प्रशंसा गरिन् । उनले भरतपुर महानगरपालिकाको तर्फबाट चाहिने सहयोग जुनसुकै बेलामा पनि दिलाउन आफू तत्पर रहेको बताइन् ।
त्यस्तै कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाईलीले यो मञ्च स्थापना भएको छोटो समयमा नै यस्तो उपलब्धिमूलक सामाजिक काम गरेकोमा खुलेर प्रशंसा गरेका छन् । कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय महासचिव टुलकप्रसाद विश्वकर्मा, सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनको अध्यक्ष रूपा बराली, गुल्मी चितवन विश्वकर्मा मैत्री समाजको सल्लाहकार रविन्द्र पन्थी, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका सल्लाहकारहरू टेकबहादुर विश्वकर्मा, ददिराम रामदाम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रक्तदान कार्यक्रमका संयोजक राजु विश्वकर्मा खातीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

























