देश/प्रदेश
सञ्चारमन्त्रीले भनेः प्रधानमन्त्रीको उपचार खर्च सरकारले व्यहोर्दैन
०

काठमाडौं, साउन १९–
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार सरकारले नव्यहोर्ने बताएका छन् । उनले प्रधानमन्त्रीकै व्यक्तिगत खर्चमा हुने बताएका छन् ।
आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले प्रधानमन्त्रीको उपचार आफ्नै व्यक्तिगत खर्चमा हुने बताए । तर सँगै गएका कर्मचारीको आउने–जाने र बस्ने खर्च राज्यकोषबाट हुने मन्त्री बास्कोटाले बताए ।
उनले भने प्रधानमन्त्रीको उपचारलाई लिएर राजनीति गर्ने कुरो हुँदैन, प्रधानमन्त्रीको उपचार र उहाँको परिवारको खर्चको जिम्मेवारी भने उहाँ स्वयम्ले लिनुहुन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























