Uncategorized

प्रोफेसनल पब्लिक स्पिकिङ्को उपाधि बालकुमारी कलेजकी प्रकृती न्यौपानेलाई

Banner

चितवन,साउन १७-

विद्यार्थीहरुको बोल्ने कला विकासको लागि चितवनको पहिलो रेडियो सिनर्जी एफ.एमले आयोजना गरेको प्रोफेसनल पब्लिक स्पिकिङ्ग–२०१९ को उपाधि प्रकृती न्यौपानेले जितेकी छन् । बालकुमारी कलेज नारायणगढमा अध्यनरत न्यौपाने प्रतियोगीताको प्रथम हुदै नगद रु १ लाख सहित ट्रफी र मेडल र प्रमाण पत्र प्राप्त गरिन् । यस्तै एकता शिशु निकेतन टाँडीका आशिष वन्जारा दोस्रो हुँदै नगद पचास हजार तथा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत अनुज्ञा भट्टराईले तेस्रो हुदै नगद पच्चीस हजार सहित ट्रफी मेडेल र प्रमाण पत्र प्राप्त गरे ।

सिनर्जी एफ.एमले माघ पहिलो हप्ता देखि चितवन र नवलपुरका ९० बढि स्कुल कलेज सहभागी गराउदै विभिन्न २४ ठाउँमा प्रतियोगीताको अडिसन गरेको थियो । अडिसनमा ५१० विद्यार्थी सहभागी थिए । विभिन्न छनोट चरणबाट एफएमले ९ जना विद्यार्थी हरुविच अन्तीम प्रतिस्पर्धा शुक्रवार नारायणी कला मन्दिरको हलमा सम्पन्न गरेको हो ।

सिनर्जी एफएमका प्रबन्ध निर्देशक सहनलाल प्रधानले एफएमले प्रखर वक्ताको खोेजी गर्ने उदेश्यले सामाजिक उत्तरदायित्व बहन गर्दै प्रोफेसनल पब्लिक स्पिकिङ्ग–२०१९ को आयोजना गरेको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद विजय सुवेदीले कार्यक्रमको प्रशंसा गर्दै व्यवसायीक रेडियो भएर पनि सिनर्जी एफएम सामाजिक काममा सक्रिय भएको बताए । उनले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने धारणा राखे ।

सिनर्जी एफ.एमका स्टेशन म्यानेजर रामकान्त पौडेलले विद्यार्थी, अभिभावक र शिक्षकबाट कार्यक्रमका बारेमा सकरात्मक प्रतिक्रिया आएको भन्दै यसको दोस्रो संस्करण पनि सुरु गरिने बताए ।

९ जना विद्यार्थीहरु विच उपाधिका लागि अन्तीम प्रतिस्पधा भएको थियो । कार्यक्रममा प्रोफेशनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्ट्रनेश्नल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुट, जेन इन्टरनेश्नल प्राईभेट लिमिटेडको सह–प्रायोजनमा रहेको थियो । प्रतियोगिताको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड, देवः विकास बैक आधिकारीक बैङ्गक रहेका थिए भने अफिसियल टेलिभिजन आभाष टेलिभिजन, अफिसियल अनलाईन नारायणी अनलाईन र भिन्दै कुरा डट कम रहेका थिए । वि.स. २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफएमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>