चितवन विशेष
‘प्रोफेसनल पब्लिक स्पिकिङ्ग च्याम्पियन’को फाइनल शुक्रबार

चितवन, साउन १६–
चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनमा जारी ‘प्रोफेसनल एजुकेशनल पब्लिक स्पिकिङ्ग च्याम्पियन’को भोलि (शुक्रबार) फाइनल प्रतिस्पर्धा हुँदैछ ।
गत माघदेखि चितवन र नवलपुरका विभिन्न विद्यालय र कलेजमा नै पुगेर एफ.एमले विभिन्न चार चरणको प्रतिस्पर्धाबाट पाँच सय विद्यार्थी छनोट गरेको थियो । पाँच सय विद्यार्थीहरुबाट छनोट भएका १० विद्यार्थीहरुबीच उपाधिको लागि अन्तिम प्रतिस्पर्धा हुन लागेको सिनर्जी एफ.एमका स्टेशन म्यानेजर रामकान्त पौडेलले जानकारी दिए ।
मध्यान्ह १२ बजेपछि नारायणी कला मन्दिर नारायणगढमा हुने प्रतियोगिताको फाइनलमा प्रथम हुनेले नगद एक लाख, द्धितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सिनर्जी एफ.एमका प्रवन्ध निर्देशक सहन प्रधानले विद्यार्थीहरुको बोल्ने क्षमता विकासको लागि सामाजिक उत्तरदायित्व बहन गर्दै सिनर्जी एफ.एफ.ले आयोजना गरेको यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । अन्तिम प्रतिस्पर्धा हेर्नका लागि एफ.एमले निःशुल्क प्रवेशको व्यवस्था गरेको छ ।
प्रोफेसनल एजुकेशन कन्सलटेन्सीको मुख्य प्रायोजन, हानामी इन्टनेशनल एजुकेसनको प्रायोजन र बेङ्गलोर टेक्नोलोजिकल इन्स्च्यिुट, जेन इन्टरनेश्नल प्राईभेट लिमिटेडको सह–प्रायोजनमा संचालन भईरहेको प्रतियोगिताको एसएसएस साउण्ड सिस्टम आधिकारीक साउण्ड, देवःविकास बैक आधिकारीक बैंक रहेको छ भने अफिसियल अनलाईन नारायणी अनलाईन डटकम, भिन्दै कुरा डटकम, अफिसियल टेलिभिजन आभाष टेलिभिजन रहेका छन् ।
विस. २०५८ साल कार्तिक २६ गते स्थापना भएको सिनर्जी एफ.एमले विभिन्न अवसरमा स्थानीय र श्रोतामुखी कार्यक्रमहरू गर्दै आएको छ ।