देश/प्रदेश

मिस टिन नेपालको दोस्रो अडिसन शुक्रबार हुँदै

Banner

काठमाडौं, साउन १६–

मिस टिन नेपाल २०१९ को दोस्रो अडिसन भोलि (शुक्रबार) अडिसन हुँदैछ ।

काठमाडौँ जेसीसको आयोजनामा हुन लागेको मिस टिनको पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भए पश्चात दोस्रो अडिसन हुन लागेको हो ।
यसअघि पहिलो अडिसनमा १६ देखि १९ वर्षसम्मको युवतीहरु सहभागी गराएर १५ जना प्रतिस्पर्धी छनोट गरेको छ । जेसीस सचिबालय तिनकुनेमा सम्पन्न गरेको पहिलो अडिसनमा ४५ जना युवती सहभागी थिए । प्रतियोगितामा विभिन्न क्षेत्रबाट विजेता प्रतियोगीहरु सिधै छनौट हुने हुँदा अडिसन एकदमै प्रतिस्पर्धी हुने आयोजकले बताएको छ ।

सम्पन्न अडिसनमा काठमाडौँ जेसिसका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठ, पूर्वअध्यक्षहरु जेसी सुशीलकुमार श्रेष्ठ, जेसी सुमन महर्जन र जेसी दिपक भण्डारी, कोषाध्यक्ष जेसी एन्जिला खड्कालगायत पूर्व मिस टिन विजेताहरु जस्मिन खड्का, सन्जु मोक्तान, रितिका खरेल , मन्चिन शाक्य, दृष्टिके.सी., र रोजी गिरीको जज प्यानल रहेको थियो ।

महिला शसक्तीकरणको सामाजिक अभियान अन्तर्गत मिसटिन नेपाल २०१९ आयोजना गर्न लागिएको काठमाडौँ जेसीसका अध्यक्ष भुवनकुमार श्रेष्ठले जानकारी दिए । सन् २००२ देखि प्रत्येक वर्ष यस प्रतियोगिता आयोजना गरिदै आएको छ ।

प्रतियोगिताको फिनाले भदौ १३ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>