अन्तर्वार्ता

अलग पहिचान खोज्दै समाजसेवामा युवा व्यवसायी श्रेष्ठ

Banner

चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्वर १० मा पिता रतनमान श्रेष्ठ र माता स्व ः ईन्द्रमाया श्रेष्ठको कोखबाट साहिलो छोराको रुपमा २०२६ साल आषाढ १७ गते जन्मनुभएका राकेशमान श्रेष्ठ हाल भरतपुर महानगरपालिकाको वडा नम्वर १० स्याउली बजारमा बसोबास गर्दै आउनुभएको छ । शुरुमा झट्ट हेर्दा डरलाग्दो शीरर, हातभरी टाटु भएको देख्दा उहाँलाई हेर्नेहरुले केही सोच्न बाध्य हुन्छन् । तर उहाँ सबैले सोचेको भन्दा फरक परिचयमा हुनुहुन्छ । उहाँ एक युवा व्यवसायी, र समाजसेवी रुपमा परिचित हुनुहुन्छ । श्रेष्ठ यतिबेला जिल्लाका विभिन्न दर्जनौ संघ–संस्थाहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न हुनुहुन्छ । उहाँसंग नारायणी अनलाइनका लागि राजु भट्टले गर्नुभएको कुराकानीको सारसंक्षेप ः

तपाईं हाल केमा व्यस्त हुनुहुन्छ ?

म हिजोआज आफ्नै व्यवसायका साथै सामाजिक कार्यमा मै व्यस्त छु । दैनिक हुने भेटघाट र नियमित कामहरुमानै समय व्यतित हुने गरेको छ ।

तपाईं व्यवसायसंगै समाजसेवामा अग्रसर हुनुभएको छ । समाजप्रति तपाइले निर्वाह गरिरहेको भुमिका के हो ?

आफूले समाजप्रति कस्तो गरेको छु भन्ने कुरा आफूले भन्नु भन्दा पनि समाजका अन्य व्यक्तिहरुले छुट्ट्याउनु पर्ने कुरा हो । म टोल सुधार, विभिन्न व्यवसायिक संघ–संस्था, मिडिया क्षेत्र, सामाजिक संस्थाहरुमा आवद्धता भएको हिसाबले हामीले गर्ने कामले समाजमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । म आफ्नो भन्दापनि समाजको लागी केहि गरौ भनेर लाग्ने व्यक्ति भएकोले मेरो अधिकांस समय सामाजिक कार्यमा बितिरहेको हुन्छ । अझ भन्नु पर्दा म समाजको लागि जीवन अर्पण गर्न तयार छु ।

समाज परिवर्तनका लागि तपाईको भूमिका कस्तो रहन्छ ?

समाज भनेको नै तपाई हामी सधैं एक आपसमा ठोकिने ठाउँ हो । यो समाजमा तपाई हामीले जस्तो भूमिका निर्वाह गछौं, पछिल्लो पिंढीले त्यही सिक्ने हुन् । समाजमा भएका विकृति, विसंगति, झैझगडा, अत्याचारको विरुद्धमा आवाज उठाउन सकियो भने पक्कै पनि समृद्ध समाजको परिकल्पना गर्न सकिन्छ । जसको लागि तपाई हामी जागरुक हुन जरुरी छ । म पनि सानैदेखि अत्याचारको विरुद्धमा लागेको व्यक्ति भएकोले समाजका हरेक गतिविधिहरुमा आफ्नै पहलमा थुप्रै उदाहरणीय कामहरु समेत भएका छन् ।

तपाईले गरेका कामहरुबाट सन्तुष्ट हुनुहुन्छ ?

म आफूलाई सानैदेखि कामप्रति जिम्मेवार व्यक्ति भएको ठान्दछु । केही समय विदेशी भूमीमा बसेर नेपाल आएपछि मैले आफूले जे जानेको छु त्यससँग सम्बन्धित ठाउँहरुमा लगानी गर्नुका साथै प्रत्यक्ष संलग्न भएर काम गर्दै आईरहेको छु । जसले मैले आफ्नो परिवारलाई राम्रैसँग चलाएको छु । जसले गर्दा म आफ्नो काम, लगावप्रति निकै सन्तुष्ट नै छु ।

तपाईको आय आर्जनको मुख्य श्रोत के हो ?

म खासमा घर जग्गाको कारोबारमा संलग्न छु । त्यसको अलवा परिवारको लागी हाकिमचोकमा कस्मेटिक पसल साथै स्नुकर क्लव सञ्चालनमा छन् । अन्य व्यवसायिक फर्महरुमा समेत लगानी गरेको छु । यही नै मेरो आम्दानीका स्रोतहरु हुन ।

अन्त्यमा तपाई केही भन्न चाहनुहुन्छ ?

सबैभन्दा ठूलो कुरा त मेरा कुराहरु राख्ने मौका दिनुभएकोमा तपाई लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिन चाहन्छु । मेलै भन्नै पर्ने खासै त्यस्तो कुरा केही नभएपनि तपाईको मिडिया मार्फत सुझाव दिन चाहन्छु । वेरोजगार युवाहरुलाई सरकारले छिट्टै नै रोजगारीको सिर्जना गरेर विदेश पलायन हुने युवाहरुको संख्यामा कमि ल्याउनु पर्ने देखिन्छ । देशमै केही रोजगारीको सिर्जना गरियो भने व्यक्तिको आयआर्जनमा समेत प्रगति हुने देशको विकासमा टेवा पुग्ने देखिन्छ । हामीले आफ्नो गाउँठाउँ मै विभिन्न सिप मुलक तालिम प्रदान गरी शिक्षा, स्वास्थ जस्ता अमुल्य श्रोतबाट सबैमा पहँुच पु¥याउने हो भने देश विकासोन्मुखको सूची आउने पक्का छ । यहि शुभेच्छा सहित कामना समेत गर्दछु । धन्यवाद ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>