चितवन विशेष
सप्तगण्डकीमा नेविसंघको सात बुँदे माग

चितवन, साउन १३–
नेपाल विद्यार्थी संघ सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासन समक्ष सात बुँदे माग पेश गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै इकाई समितिले विभिन्न आवश्यक मागहरु परिपुर्तीका लागि लामो समयसम्म आवाज उठाउँदा पनि क्याम्पस प्रशासनले बेवास्ता गरेकोले तुरुन्त सम्बोधन गर्न माग पेश गरेको जनाएको छ ।
इकाई सभापति राजेश भुषाल र सचिव साजन गुरुङद्धारा हस्ताक्षरित विज्ञप्तीमा बीबीए, बीसिए, बीएमआई, एमबिएस, एमइडी, एमए सेमेष्टर अन्र्तगत तत्काल शुल्क समायोजन गरी विद्यार्थीहरुलाई आवश्यक छात्र वृत्ति प्रदान गर्नुपर्ने, वार्षिक रुपमा संचालित संकायहरुमा लिइएको छात्र वृत्तिको फारम अनुसार तुरुन्त पारदर्शी रुपमले निकाल्नुपर्ने, इलाइब्रेरी देखिएको समस्या तत्काल समाधन गर्नुपर्ने गरिएको छ ।
यस्तै पदमपुर, रत्ननगर हुँदै क्याम्पस, रामपुर, चनौली, जगतपुर हुँदै क्याम्पस, कावासोती, रजहर, गैंडाकोट हुँदै क्याम्पस विहानी तथा दिवा सेवाका लागि कलेज बस तत्काल संचालन ल्याउनुपर्ने, क्याम्पस सभा गरी समावेशी पूर्ण संचालक समितिलाई पूर्णता दिनुपर्ने, नेविसंघ र क्याम्पस प्रशासनबीच पुरानो २७ बुँदे माग पुरा गर्न बाँकी मागहरु तत्काल समाधान गर्नुपर्ने, कक्षा ११ र स्नातक तह प्रथम वर्षमा पहिला दिँदै आएको भर्ना तथा सेवा शुल्क पुनः क्याम्पस प्रशासन विद्यार्थीलाई दिनुपर्ने माग गरेको छ ।
आफूहरुको मागप्रति क्याम्पस प्रशासन उदासिन रहे भइपरि आउने क्षतिप्रति स्वंम क्याम्पस प्रशासन जिम्मेवार रहने सभापति भुषालले चेतावनी दिए ।