चितवन विशेष

भरतपुरका शीर्षक घिमिरेको नयाँ गीतमा वर्षाको दमदार अभिनय

Banner

चितवन, साउन १३-

भरतपुरको गीतानगर स्थायी ठेगाना भई अमेरिकामा रहेका शीर्षक घिमिरेको शब्दमा नयाँ गीत बजारमा आएको छ ।

उनको गीतमा पुष्पल खड्का र वर्षा राउतको अभिनय रहेको छ । घिमिरेका शब्दमा दीपक शर्माको संगीत रहेको गीतमा एरेन्जर नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । जसमा कोरियोग्राफी सुबल थापाको रहेको छ । गीतको शब्दमा प्रेमी प्रेमिकाले मायाको कारण घरबार र सबथोक बिर्सिने विषयलाई देखाइएको छ । वर्षा र पुष्पलको रिल लाइफको यो कथालाई निर्देशक निकेश खड्काले शानदान तरिकाले भिडियोमा देखाउन सफल छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>