चितवन विशेष
घरबाट निस्किने फोहारबाटै भरतपुरमा ग्यास उत्पादन

चितवन, साउन १२–
पछिल्लो समय नेपालमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बन्दै गइरहेको छ । फोहोरलाई उचित व्यवस्थापन गर्न नसक्दा सहरहरु दुर्गन्धित समेत बन्दै गइरहेका छन् । तर फोहोर व्यवस्थापनका लागि सहिजो माध्य बनेको छ बायो ग्यास । भरतपुरमा भित्रिएको नयाँ प्रविधिले फोहोरबाटै ग्यास उत्पादन गर्न सकिने भएको छ । घरबाट निश्किने फोहोरबाट नै ग्यास उत्पादन गर्न सकिने भएपछि फोहोर व्यवस्थापनमा समेत सहज हुनेछ ।
पानीका ट्याङकी जस्तो देखिने ग्यास प्लान्टमा फोहोरबाट ग्यास निकाल्न सकिन्छ । फोहोरबाट उत्पादन हुने बायो ग्यास चुल्होसम्म पुग्छ । अहिले यो प्रविधि भरतपुर महानगरपालिका–७ कृष्णपुर दीपज्योति टोलमा रहेको मनिष सापकोटाको घरमा प्रयोगमा रहेको छ । उनले फोहोरबाट नै ग्यास उत्पादन गर्दै आएका छन् । सोही ग्यासबाट उनले संचालन गरेको बालिका आश्रममा रहेका बालिकाहरुको दैनिक खाना पकाउने गरिन्छ । सापकोटाले भने–‘फोहोरबाट निश्किने ग्यासले बिहान र बेलुका नै खाना पकाउन पुग्ने गरेको छ, यसले फोहोर पनि बचत हुने खर्च पनि कम हुने गरेको छ ।’
उनको टोलमा अहिले फोहोर संकलन गर्ने नै स्थापना गरिएको छ । हरियो रंगको टिनको संकलन केन्द्रमा प्लाष्टिक जन्य, कागज जन्य र सिसा जन्य फोहोर भनेर छुट्याएको छ । यही केन्द्रमा संकलन भएका कुहिने प्रकृतिका फोहोरलाई उनले प्लान्टमा राख्ने गरेका छन् ।
चितवन क्षेत्र नंं. २ (२) का प्रदेश सांसद विजयी सुवेदीले प्रदेश सरकारले सांसदलाई दिने बजेटबाट सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम संचालन गरेपछि अहिले भरतपुरमा फोहोरबाट ग्यास उत्पादनको थालनी भएको हो । उनले अनुदान दिएर फोहोरबाट ग्यास उत्पादनका लागि अभियान चलाएका हुन् । सांसद सुवेदीले भने–‘स–साना कुरामा धेरैको चासो हुँदैन, मैले सुरुदेखी नै वातावरणको क्षेत्रमा आफ्नो ध्यान केन्द्रीत गरेको छु, सोही अनुसार यो अभियान चलाएको हुँ ।’
गतवर्षको बजेटमा प्रदेश सरकारबाट वातावरणको क्षेत्रमा रकम माग गर्ने सुवेदी एक्लो सांसद समेत हुन् । उनले बाहेक कसैले पनि वातावरणका लागि भन्दै रकम माग गरेनन् । वातावरणका लागि ५० लाख रुपैयाँ माग गरेर सांसद सुवेदीले भरतपुरमा हरियाली प्रवद्र्धनमा केन्द्रीत बनेका छन् । उनले फोहोर व्यवस्थापनका लागि चुनौती भइरहेको बेला ग्यास उत्पादन गर्न सकिने यो प्रविधिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले भने–‘अनुदानलाई पनि प्रभावकारी बनाउने र यसबारे आममानिसलाई जानकारी गराउने हो भने फोहोरबाट ग्यास निकाल्ने प्रविधिलाई बढी प्रयोगमा ल्याउन सकिन्छ ।’
अनुदानबाट भरतपुरमा अहिले ९ वटा घरमा फोहोरबाट ग्यास निकाल्ने गरिएको छ । भरतपुर वडा नं १० मा रहेको गीता रेग्मीको घरमा पनि यसरी नै फोहोरबाटै ग्यास उत्पादन हुने गरेको छ । उनी भान्साबाटै निस्किने सडेगलेका फोहोर संकलन गर्दै ग्यास उत्पादनमा जुटेकी छिन् । फोहोरबाट निश्किने ग्यासबाट खाना बनाउँदा उनी सन्तुष्ट छिन् । रेग्मीले भनिन्–‘यही ग्यासबाट बिहान बेलुका खाना पकाउँछु, सिलिण्ड ग्यास भन्दा यसको ठूलो बल्छ, खाना पकाउन सहज भएको छ ।’
घरबाट निस्किने दैनिक सड्ने फोहोर अहिले ग्यास उत्पादनको माध्यम बनेको छ । ग्यास उत्पादनका लागि घरबाट निश्किने सड्ने फोहोर र पानी चाहिन्छ । दैनिक ३ किलो फोहोर र ३ लिटर पानी मिसाएर ग्यास च्याम्बरलाई ८–१० पटक हल्लाएपछि ग्यास उत्पादन हुन्छ । सोही ग्यास पाइप मार्फत भान्सासम्म पु¥याएर खाना पकाउने गरिएको छ ।
सांसद सुवेदीको वातावरण सुधार सम्बन्धि सरसफाई तथा हरियाली प्रवद्र्धन कार्यक्रम भरतपुरका ७ वटा वडाहरुमा अहिले यो कार्यक्रम लागु भएको छ । जस अन्तरगत ९ वटा फोहोरबाट ग्यास उत्पादन गर्ने प्लान्ट राखिएको छ । ६० हजार रुपैयाँ मूल्य पर्ने यो प्लान्टमा १० हजार केन्द्रीय सरकार, २५ हजार प्रदेश सरकारको अनुदान र बाँकी २५ हजार स्वंम व्यक्तिले तिरेर यो ग्यास प्लान्ट जडान गरिएको हो ।
यो कार्यलाई अझै धेरै ठाउँसम्म पु¥याउन तयारी थालिएको छ । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रम संयोजक केशवप्रसाद रेग्मीले शहर बजारका लागि यो प्लान्त निकै उपयोगी भएको बताए । उनले यस बारे धेरैले जिज्ञासा राख्ने गरेको भन्दै अब यो अभियानलाई प्रभावकारी बनाउँदै लैजाने बताए । उनले भने–‘अनुदानलाई प्रभावकारी बनाउन हामी लागि परेका छौं, यो कार्यक्रमलाई अझै उचाइमा पु¥याउने गरी काम गर्दैछौं ।’
विशेष गरी शहर बजारको लागि यो प्रविधि निकै उपयोगी हुने देखिन्छ । यस प्रविधिलाई आममानिस सम्म पु¥याउन सरकारले ठोस कार्यक्रम ल्याउन सके फोहोर व्यवस्थापनको चुनौती समाधान हुनुको साथै ग्यास आयातका लागि विदेश पठाइने रकम पनि बचत हुन जान्छ ।