चितवन विशेष
रंगशाला बनाउन उद्योग वाणिज्य संघ चितवनले दियो ५५ लाख
०

चितवन, साउन ९–
उद्योग वाणिज्य संघ चितवनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग हस्तान्तरण गरेको छ ।
आज एक कार्यक्रमकाबीच संघले ५५ लाख ५५ हजार ५५५ रुपैयाँको चेक फाउण्डेशनलाई प्रदान गरेको हो । संघका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ लाई सो चेक प्रदान गरे ।
काठमाडौंमा औपचारिक रुपमा रंगशाला चितवनमा बनाउने घोषणा गरेकै दिन संघले पनि सोही बेला फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको थियो ।
यसैबीच चितवन क्रिकेट संघले यसअघि घोषणा गरिए अनुसार दुई लाख ५५ हजार ५५५ रुपैयाँ पनि आजै फाउण्डेशनलाई प्रदान गरेको छ । संघका अध्यक्ष कैलाश प्रधानले फाउण्डेशनका अध्यक्ष धुर्मुसलाई चेक हस्तान्तरण गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>