मनोरञ्जन
वसन्त र मञ्जुको तीजको गीत ‘गोरखपुरे रेल’ सार्वजनिक (भिडियोसहित)
०

चितवन, साउन ८–
नेपाली नारीहरुको महान् चाड हरितालिका तीज नजिकिदै गर्दा कलाकारहरुले धमाधम तीजका गीत सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा गायक वसन्त लम्साल र गायिका मञ्जु भट्टराईले तीजको कोसेली ‘गोरखपुरे रेल’ बजारमा ल्याएका छन् । अर्घादरवार फिल्मस् प्रा.लि.को प्रस्तुतीमा गीत बजारमा ल्याइएको हो ।
सार्वजनिक गीतको कोरस भोकलमा पुरुषतर्फ सूर्य मगर र विश्वास नेपाल र महिलातर्फ सलिना नेपालीले स्वर भरेकी छिन् । बिक्कु कुवँरको शब्द रहेको गीतमा वसन्त लम्सालकै संगीत रहेको छ ।
गीतको भिडियोमा रामजी खाँण, सलिना नेपाली र विश्वास नेपालीलाई देख्न सकिन्छ । भिडियोलाई काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>