चितवन विशेष

रंगशाला निर्माणका लागि चितवनका उद्योगी डा.भट्टाईले दिए १० लाख

Banner

चितवन,साउन ७-

उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा.तिलचन्द्र भट्टराईले चितवनको रामपुरमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माणका लागि १० लाख सहयोग गरेका छन् । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत भट्टराईले १० लाखको चेक धुुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई हस्तान्तरण गरेका हुन् । उनले परिवार र आफ्नो संस्था पन्चरत्न गु्रपका तर्फबाट सहयोग गरेका हुन् ।

सोही कार्यक्रममा पुर्वेली समाज चितवनले पाँच लाख र भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवाले १ लाख रुपैंया सहयोग गरेका छन् । यस्तै कार्यक्रममा अन्य विभिन्न क्षेत्रमा आवद्धहरुले पनि सहयोगको घोषणा गरेका थिए । रंगशाला निर्माण पुनः सुरु गरेकै दिन २४ लाख रुपैंया संकलन भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी,भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल लगाएतको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>