चितवन विशेष
क्रिकेट रंगशालाको काम पुनः सुरु गरेकै दिन धुर्मुस-सुन्तली फाउण्डेशनलाई १६ लाख सहयोग
०

चितवन,साउन ७-
चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको काम पुनः सुरु गरेकै दिन धुर्मुस सुन्तली फाउण्डेशनलाई १६ लाख रुपैंया सहयोग भएको छ । उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डा.तिलचन्द्र भट्टराई र उनको संस्था पन्चरत्न गु्रपको तर्फबाट १० लाख रुपैंया सहयोग गरिएको छ । आज भरतपुरमा आयोजित कार्यक्रम मार्फत फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सहयोग रकम हस्तान्तरण गरिएको हो ।
यस्तै पुर्वेली समाज चितवनले पाँच लाख र भरतपुर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष नरेन्द्र कन्दङवाले १ लाख रुपैंया सहयोग गरेका छन् । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदी,भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल लगाएतको उपस्थितिमा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>