चितवन विशेष
यती एयरलाइन्सले भरतपुरबाट पोखरा उडान गर्ने
०

चितवन, साउन ७-
यती एयरलाइन्सले भरतपुरदेखि पोखरा उडान सुरु गर्ने भएको छ । पोखराबाट काठमाडौं र मुस्ताङको जोमसोममा नियमित उडान गर्दै आएको यती एयरलाइन्सले अब पोखराबाट भैरहवा र भरतपुरमा समेत उडान गर्ने भएको हो ।
यती एयरलाइन्सले १५ भदौबाट भरतपुर पोखरा नियमित उडान गर्ने यती एयरलाइन्सका सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए ।
उनले २९ भदौ बाट माउन्टेन फ्लाइटको उडान भर्ने बताए । पोखरामा पर्यटकीय सिर्जन सुरु भएसँगै माउन्टेन फ्लाइट उडाउने उनले बताए । ३० सिट क्षमताको जेट स्टिम जहाजबाट उडान भर्ने राईले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























