चितवन विशेष

भरतपुरमा एक कठ्ठा घडेरीको दुई करोड ८० लाखसम्म, सरकारी मूल्यांकनमा १० प्रतिशतले वृद्धि

Banner

निशा श्रेष्ठ

चितवन, साउन ६-

बढ्दो सहरीकरणसँगै चितवनमा जग्गाको मूल्य आकासिएको छ ।

जिल्ला मालपोत कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा जग्गाको मूल्य १० प्रतिशतले वृद्धि भएको हो । चितवनको सबैभन्दा महंगो जग्गा (घडरी) मा भरतपुर महानगरपालिका अन्र्तगत लायन्स चोकबाट शहिद चोक हुँदै पुलचोक नारायणी  पुलसम्म (शहिदपथ ) महेन्द्र राजमार्गसँग जोडिएका घडेरीको मूल्य प्रति कठ्ठा दुई करोड ८० लाख सम्म रहेको मालपोत कार्यालय चितवनले जनाएको छ । सरकारी मूल्यांकन त्यती भए पनि किनबेच भने त्यो भन्दा १० गुना बढीसम्म हुने गरेको छ ।

त्यस्तै सबैभन्दा कम इच्छाकामना गाउँपालिकाको साबिक चण्डिभन्ज्याङ्का बाटो नभएका गाविसका सबै वडाका प्रति कठ्ठा ४० हजारसम्म सरकारी मूल्याङ्कन रहेको मालपोत कार्यालयले जनाएको हो । त्यसैगरी विकासको तीव्रतासँगै रत्ननगर नगरपालिकामा पनि जग्गाको मूल्यमा कुनै कमी आएको छैन । रत्ननगरमा राजमार्ग मोहडा भएका जग्गाहरु अधिकतम प्रति कठ्ठा ३० लाखसम्म रहेको तथ्याङ्कले देखाएको छ । त्यस्तै न्यूनतम जग्गामा बाटो नपुगेका तर खेतियोग्य जग्गाहरु प्रति कठ्ठा पाँच लाखसम्म रहेका छन् ।  कालिका नगरपालिका पनि जग्गाको मूल्य बढ्दो अवस्थामा रहेको छ । पिचबाटोको अधिकतम २० लाख पचास हजारदेखि न्यूनतम बाटो नपुगेका जग्गाहरु दुई लाख तीस हजारसम्म रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>