चितवन विशेष
युरोप पठाइदिन्छु भन्दै ५१ लाख ठग्ने रत्ननगरका चौधरी काठमाडौँमा पक्राउ
०

चितवन, साउन २-
युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने चितवनका एकजनालाई प्रहरीले काठमाडौँमा बुधबार पक्राउ गरेको छ ।
चितवन रत्ननगर नगरपालिका–४ का नविनकुमार चौधरी ठगी आरोपमा पक्राउ परेका हुन् । चौधरीले युरोप पठाइदिन्छु भन्दै बसन्त केसी लगायतसँगबाट ५१ लाख ५० हजार रुपैयाँ ठगेको प्रहरीको आरोप छ । सोही आरोपमा केसी लगायतले दिएको जाहेरीका आधारमा प्रहरीले चौधरीलाई मंगलबार काठमाडौंको टोखाबाट पक्राउ गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>