चितवन विशेष

नारायणीमा पुल ठेक्का प्रकरणः निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण

०
Banner

चितवन, असार ३१–

चितवनको नारायणी नदीमा पुल निर्माण कार्यको ठेक्का तोडेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

एकतर्फी रुपमा कानून विपरीत हुलाकी राजमार्ग निर्देशनालयले रमण–पप्पु जे.भी.को नारायणी नदीमा पुल निर्माण कार्यको ठेक्का तोडेकोमा महासंघले ध्यानाकर्षण जनाएको हो ।

साईट क्लियर नै नभई ठेक्का सम्झौता गर्न/गराउन नहुने कानूनी व्यवस्था विपरीत ठेक्का सम्झौता गरी गराई हाल जबरजस्ती निर्माणव्यवसायीलाई काम गरेन भनी अन्यथा हुने गरी कारबाही गर्नु वा गर्न खोज्नु प्रचलित कानून विपरित भएको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।

नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, टेकु , काठमाडौं र रमण–पप्पु जे।भीबीच नारायणी नदीमा पुल निर्माण गर्ने सम्बन्धमा २०६९ असार २५ मा ठेक्का सम्झौता भएको थियो । केहीदिन अघि सो ठेक्का सरकारले तोडेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>