देश/प्रदेश

आठ घण्टापछि संचालनमा आयो अन्तर्राष्ट्रिय विमानस्थल

Banner

काठमाडौं, असार २७–

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल साँझ देखी संचालनमा आएको छ ।

घाँसे मैदानमा चिप्लिएको जहाज हटाइएपछि ८ घन्टादेखि बन्द भएको अन्तर्राष्ट्रिय विमानस्थल साँझ ७ बजेदेखि सुचारु भएको हो । नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि विमान्स्थलमा अवरोध भएको थियो ।

विमानस्थलको टर्मिनल व्यवस्थापन विभाग प्रमुख उत्सव खरेलले घाँसे मैदानबाट ६ बजेर ४० मिनेटमा जहाज झिकिएपछि २० मिनेट धावनमार्ग चेकजाँच र सरसफाई गरेर ७ बजेदेखि सुचारु गरिएको जानकारी दिए । बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ। यदी एयरलायन्सहरुले माग गरे भने २४ सै घण्टा सञ्चालन गरिने खरेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>