देश/प्रदेश
रौतहटको बागमती नदीमा फसेका १७ जनाको हारगुहार, उद्धारको लागि सेनाको हेलिकप्टर मगाइयो
०

रौतहट असार २७-
रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन्। गाइबस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले फसेका हुन्। त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन्। उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन्।
गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी वेपत्ता भएकी हुन्। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको छ।
पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरु डुबानमा परेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>