देश/प्रदेश
देशभरमा बाढी र पहिरोमा ज्यान गुमाउने ११ पुगे, १० जना बेपत्ता
०

काठमाडौँ असार २७-
निरन्तरको भारी वर्षाका कारण बाढी र पहिरोमा परी देशभर मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १० जना बेपत्ता छन्। दिउँसो ३ बजेसम्मको अपडेटअनुसार काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्कँदा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
ललितपुरको बागमती गाउँपालिकामा पहिरोले घर थिच्दा एक बालकको ज्यान गएको छ। काभ्रेमा पनि पहिरोले घर थिच्दा दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।
सिन्धुली, पर्सा, ललितपुर, धादिङ र रामेछापमा एकरएक जनाको ज्यान गएको छ। खोटाङमा तीन जना बेपत्ता छन्। मोरङ, सुनसरी, महोत्तरी, पाँचथर र काठमाडौंमा एक एक जना बेपत्ता छन्। देशभरका घटनामा १३ जना घाइते भएको प्रहरीले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>