सुदूरपश्चिम

गुडिरहेको स्कूल बसमाथि सिंगै रुख ढलेपछि….

Banner

महेन्द्रनगर,असार २७-

कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको बसमाथि रुख खसेको हो । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

स्कूल बस वनसमितिबाट सिमलफाँटातिर विद्यार्थीलाई छाड्न गइरहेको थियो । बसमा सवार २ जना विद्यार्थी सामान्य घाइते भएका र उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>